fbpx

कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन शिशु ,आमाबुवाले घटना लुकाउन खाेजेकाे स्थानियकाे आराेप

author

समाचारपाटी

१ year अगाडि

धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु (छोरा) जन्माएको घटना सार्वजनिक भएको छ ।

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताउनुभयाे ।

‘बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन छोरीलाई दैनिक जसो स्कुल पठाउने काम गरिरहेका रहेछन्,’ उपप्रमुख चौधरीले भन्नुभयाे, ‘गाउँमा बुहारीको बच्चा हो भनेर देखाउन खोजे पनि स्थानीयले बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।’

उहाँकाअनुसार बालिकाले जन्म दिएको शिशु कसको हो रु भन्ने खुलेको छैन । ईलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् । इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै गुप्ता विरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताउनुभयाे । गत वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको दाबी गरिएको छ ।

अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन् । बेलौरीकै एक जना शिक्षक, बैंकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएकाले निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने