तातोपानी खारापानीमा २५ औँ संस्करणको पाँचदिने तातोपानी खारापानी महोत्सव सुरु

पोखरा, ०१ माघ । माघे संक्रान्तीको अवसरमा कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं.३ चौरा स्थित सयपत्री युवा क्लवले २५ औँ संस्करणको पाँचदिने तातोपानी खारापानी महोत्सव सुरु गरेको छ । उक्त क्षेत्रको ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन र विकासका खातिर उक्त महत्सव आयोजना गरिएको संयोजक गुञ्जमान गुरुङ्ले बताए ।

२५ औँ संस्करणको उक्त महोत्सवको उद्धघाटन प्रतिनिधि सभा सदस्य जगत विश्वकर्माले गरेका हुन् । त्यस अवसरमा विश्वकर्माले तातोपानी तथा खारापानीको विकासका लागी आफ्नो क्षेत्रबाट अधिकतम पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

०६९ सालमा आएको सेतिबाढीका कारण खण्डहर बनेको उक्त क्षेत्रलाई विकासको नयाँ चरणमा लैजानका लागी आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । माछापुच्छ्रे गाँउपालिकाका प्रमुख कर्ण बहादुर गुरुङ्ले तातोपानी÷खारापानीको पुर्ननिर्माण गर्दै पर्यटन प्रवद्धनका गतिविधिहरु अगाडी बढाउने कार्यमा गाँउपालिका प्रतिवद्ध रहेको बताए ।

मेलामा परम्परागत लिंगेपिङ्, छेलो हान्ने प्रतियोगीता लगायत स्थानिय भेषभुुषा समेटिएका सांस्कृतिक कार्यक्रमहरु समावेश गरिएका छन् । उक्त अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको छ । तिन दर्जन भन्दा धेरैले आज मेलाको उद्धघाटनका अवसरमा रक्तदान गरेका संयोजक गुरुङ्ले बताए ।

Advertisement

मेलाको मुख्य प्रयोजनमा जिनो हस्पिटल प्रालि रहेको छ भने पोखराको रामघाटमा रहेको रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top