आजको राशिफल बि.स.२०७४ माघ ०१ गते । सोमबार ।

आजको राशिफल
बि.स.२०७४ माघ ०१ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी १५ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि चतुर्दशी ५५ घडी ३९ पला । नक्षत्र मूल २५ घडी १० पला,साझ ५ बजेर ०२ मिनेट उप्रान्त पूर्वाषाडा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजसेवामा समय लगानि गरेपनि भनेजस्तो काम नहुनाले मान सम्मानमा आघात पुग्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । खानपान तथा बाताबरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ । सरकारि काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ । नोकरिमा सामान्य मनमुटाब तथा सैदान्तिक मतभेद रहनेछ । बुवा वा बुवा सरहका मानिसको सल्लाह नमान्दा दुख पाईनेछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँनाले दैनिक कामहरु प्रभावित हुँनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा भएको विवाद साम्य हुँनेछ । सहयोग नगर्ने तथा आश्वासन बाढ्नेहरु हराएर जानेछन् भने आर्थिक कारोबार सुदृड भएर जानछे । स्वास्थ्य समबन्धि पुराना समस्याहरु हल भएर जानेछन् । आफ्ना कुराहरु गोप्यनै राख्नुहोला यदि बाहिरिय ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा कमजोर महशुष भएको भान हुनेछ । माया प्रेममा तित्तता आएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्टिन पाईने ग्रहयोग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यावसाय अगाल्नेहरुले मनग्गे धन आजृन गर्न सक्नेछन् । सबैजना सहभागि हुँने व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले एक किसिमको उमङग शरिरमा आउँनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुँनेछ । माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाजहरु प्रभावित हुँनेछन् । सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरि प्रसन्न हुँने समय रहेको छ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाव सिर्जना हुँनेछ भने जीवन साथिसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले एक दुई कदम अगाडि बढि अग्रगामि छलाङ मार्न सकिनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुँनाले घर परिवारमा घुसियालि छाउँनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायमा नाँफा कमाउँन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुँनेछ । तयारि बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुँने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको शिलशिलामा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ । बिदेशि सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशमा बसेर व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुँने ग्रह योग रहेकोछ । नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति लाभ हुँने गतिलो सम्भावना रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउँनेछन् भने प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुँनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथिभाई सँगको सम्बन्धमा बिश्वासको बाताबरण बन्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top