गायक पुस्कल शर्मा स्टेजमा किन रोए ? (भिडियो)

पछिल्लो समय चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक पुस्कल शर्मा । बिशेषत बियोगान्त गीतमा उनले स्वर दिएका छन् भने उनका गीतहरु पनि निकै चलेका छन् । कहिले पुष्कल शर्मा मरेको खबर लिएर गीतमार्फत आउँछन् त कहिले मुटु जलाएको कुरा लिएर आउँछन् । पोखरामा जारी रहेको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा पुस्कल शर्माले सबै दर्शकका सामु आफू पनि रोए र अरुलाई पनि रुवाए । उनले मुटु जलाई जलाई गीतमा आफैले अभिनय गर्दा रोएका हुन् ।

स्टेजमै लाईभ अभिनय गरेर लोक दोहोरी गीत प्रस्तुत गरिएको यो पोखरामा संभवत पहिलो पटक हो । उनले स्टेजमा एक म्युजिक भिडियोमा हुन पर्ने सबै कुराहरु अभिनयका माध्यमबाट दिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित