शिर्षक चिल्ड्रेन नेपालमा वृति परामर्श कार्यक्रम सम्पन्न

पोखरा, २८ पौष l पोखरा लेखनाथ महानगरपालिका वडा न।७ मासबार स्थित चिल्ड्रेन नेपालमा वृति परामर्श९करिअर काउन्शिलिङ्ग ट्रेनिङ्ग वर्कशप० कार्यक्रम सम्पन्न भएको छ ।चिल्ड्रेन नेपाल अन्तर्गतको बालबालिका र परिवार शाखाको आयोजनामा पौष २७ र २८ गते गरि दुइ दिने परामर्श कार्यक्रम सम्पन्न भएको हो ।उक्त परामर्श कार्यक्रममा चिल्ड्रेन नेपालले सहयोग गरेका छोरेपाटन मा।वि,जनप्रिय मा।वि,बाराही मा।वि लगायतका बिधालयका २० जना बालबालिका सहभागी थिए ।


कार्यक्रमका सह(संयोजक रमेश सुवेदीका अनुसार बालबालिकाका निम्ति उनीहरुको खुबी र रुचि अनुसारको शिक्षा,तालिम रोज्न,आफ्नो भविष्यको बारेमा आइपर्ने बाधा रअप्ठ्यारा पत्ता लगाई लक्ष्यमा पुग्नको लागि विकल्पहरु पहिचान गर्न,एक आपसमा घुलमिल हुने अवसर सिर्जना गर्न उक्त कार्यक्रमले सहयोग पुग्ने उद्देशय रहेको जानकारी दिनुभयो ।

त्यस्तै लक्ष्य के हो रु कसरि पुग्ने रुआफ्नो लक्ष्य पुरा गर्न आइपर्ने समस्या के(के छन् रुत्यो लक्ष्य पुरा गर्न १,३ र ६ महिनामा के गर्न सकिन्छ,१ वर्षमा र २ बर्ष मा के गर्न सकिन्छ,आफ्नो लक्ष्य अनुसार कुन बिषय अध्ययन गर्ने,बालबालिकाका लागि अभिभावकको दायित्व,चिल्ड्रेन नेपालको दायित्व त्यस्तै बालबालिका आफु स्वयम्लको दायित्व के छ लगायतका बिषयमा छलफल भएको बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बताउनु भयो । चिल्ड्रेन नेपाल बि।स २०५२ सालबाट बालबालिकाको क्षेत्रमा कार्यरत संस्था हो जसले ४०० जना बालबालिकाको शैक्षिक विकासका लागि सहयोग गर्दै आइरहनुका साथै जीवनउपयोगी तालिम पनि समय समयमा दिने गर्दछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top