सञ्चालित ट्याक्सीहरु मिटरमै यात्रीलाई सेवा दिन तयार

पोखरा, २८ पौष । पोखरा महानगरमा सञ्चालित ट्याक्सीहरु मिटरमै यात्रीलाई सेवा दिन सहमत भएका छन् । जिल्ला प्रशासन कास्कीमा शुक्रबार भएको छलफलमा ट्याक्सी व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन् ।

हालसम्म यहाँ सञ्चालित ट्याक्सीहरुले मनलाग्दी भाडा लिने गरेका थिए । अब भने १४ रुपैयाँबाट शुरु हुने भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ । काठमाडौंका व्यवसायीले सोही भाडादरमा ट्याक्सी चलाइरहेका छन् ।

यसअघि मिटरमा नचलाएर मनपरि भाडा असुलेको बताउँदै प्रहरीले १६ जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए । त्यसयता पटक–पटक भएका छलफलबाट मिटर प्रणालीमा जान व्यवसायी सहमत भएका हुन् । प्रशासनले विस्तारै भाडा समायोजन गर्दै जाने आश्वासन व्यवसायीलाई दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित