ट्रकमा राखेर निराजनले एलिसालाई भगाए

ट्रक भित्र एलिसा र निराजनको रोमान्स

एलिसा र निराजनको रोमान्टिक भिडियो

चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ । मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो ।

जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि।पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ । दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ ।

युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ । हेर्नुहोस् भिडियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित