क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम

 

पोखरा, २८ पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नंं १ को अयोजनामा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।

पाँच दिन सम्म चलेको उक्त तालिममा यस वडामा रहेका आमा समूहका प्रतिनिधि २७ जनाको सहभागिता रहेको थियो। तालिम प्रमुख प्रशिक्षक विष्णुप्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी अध्यक्ष जीवन अधिकारी, अधिवक्ता शोभा पराजुली, पुष्पराज शर्माले सहजिकरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरा लेखनाथ वडा नंं १ की जनप्रतिनिधि प्रेमदेवी परियारले सहभागिलाई प्रमाण पत्र वितरण गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशिक्षक विष्णुप्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारी, इन्द्रेणी एकिकृत विकास केन्द्रका अध्यक्ष अध्यक्ष नारायण चापागाई, कार्यक्रम संयोजक प्रेमकुमारी साई, सहभागि सावित्री अधिकारी, राधा बराल अधिकारी, विञ्जु गुभाजु, ममता सुनामले बोलको थिए । तालिममा सहभागि गंगा तामा· खपा·ीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि साहारा प्रधानले स्वागत र किरण विजुक्छेले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top