नेपाल तामाङ समाज जापानले सोनाम ल्होछार अवसरमा बृहत सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं, २८ पौष । आउँदो जनवरी १४ तारिख आइतबार नेपाल तामाङ समाज च्यूबु छेत्रिय नागोया जापानले सोनाम ल्होछारका अवसरमा बृहत सांगीतिक कार्यक्रम गर्ने भएको छ । २८५४ औं सोनाम ल्होछार (खिल्हो) नागोया कोकुसाइ सेन्टरमा सांस्कृतिक कार्यक्रमका साथ मनाउने तयारी गरेको हो ।

कार्यक्रममा इडिएम राजिव लामा, सेलो गायक कर्म दोङ तामाङ र छबि तामाङले बेजोड प्रस्तुती दिनेछन् । त्यस्तै थ्री ब्रदर्स ब्यान्ड, शान्ती लामा र समीर लामाको युगल नृत्य समेत रहने आयोजकले जनाएको छ । कमस्यो घले, लस्मिता तामाङ, मार्सङ तामाङ, विश्व लामा, पूर्ण लामा, टाशी लामाको पनि प्रस्तुती रहने छ ।

कलाकारहरु रोजगारको शिलशिलामा जापानमै बस्दै आइरहेको छन् । कार्यक्रममा सहभागी भइदिन आयोजकले आग्रह गरेको छ । राजिव लामा बिगत तीन बर्ष अघि देखि म्यूज़िक भिडियो यूटूब मार्फ़त ‘जाऊँ जाऊँ साथी रैलैमा’ र ‘वन लव’ बोलको गीत बजारमा ल्याइसकेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top