बार्सिलोना सेल्टा भिगोलाई हराउँदै फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा

काठमाडौं, २८ पौष । सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेपछि सेल्टा भिगोविरुद्धको दोस्रो लेगको खेल बार्सिलोनाले ५-० ले जित्यो ।

बार्साका लागि योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपे । पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना गएरातिको जितसँगै समग्रमा ६-० को परिणामका साथ क्वाटरफाईनलमा पुगेको हो । गएरातिका अरु खेलहरुमा लेभान्तेलाई हराउँदै ईस्पानियोल तथा काडिजलाई हराउँदै सेभािया पनि अन्तिम आठमा पुगेका छन् ।

स्पेनिस किङ्स कपसमेत भनिने कोपा डेल रे फुटबलमा रियाल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेज र आलाभेज पनि क्वाटरफाईनलमा पुगिसकेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित