Advertisement
‘पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुबाट उठाएको शुल्कले विकासका काममा सहयोग गर्दै आएको छ’,उहाँले भन्नुभयो,‘प्रदेशको राजधानी बन्दै गरेको पोखरालाई सुरक्षित बनाउनको लागि हामीले सडकमा सिसी क्यामेरा जडानको अभियान अगाडि ल्याएका छौँ ।’उहाँले मेलाबाट बचेको रकम पोखरा प्रदर्शनी केन्द्रमा अर्को नयाँ डोम बनाउन खर्च गरिने उद्घोष समेत गर्नुभयो । ‘यो जग्गाको स्वामित्व पोखरा उपत्यका नगरविकास समितिसँग छ, हामीले यहाँको भौतिक संरचना बनाउन ठूलो धनराशी खर्च गरेका छौँ’,उहाँले भन्नुभयो,‘हामीले यहाँ नयाँ डोम बनाएपछिको सबै भौतिक संरचना राज्यलाई नै हस्तान्तरण गर्ने हो ,त्यो राज्यकै सम्पत्ति हो ।’मेलाको समुद्घाटन सत्रलगत्तै साँस्कृतिक कार्यक्रम सुरु भएको थियो भने मेला उद्घाटन पूर्व संघको सचिवालय गैह्रापाटनबाट मेलास्थल प्रदर्शनी केन्द्रसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा पोखराका आमा समूहहरु, संघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्यहरु, उद्योगी÷व्यवसायी तथा सर्वसाधारणको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।