गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरेपाटन को १० औँ वार्षिकोत्सव सम्पन्न

पोखरा, २७ पौष, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा लेखनाथ – १७, छोरेपाटनमा क्याम्पसको १० औँ वार्षिकोत्सवको अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
क्याम्पसको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा छोरेपाटन मा.वि. प्रथम, एक्स आर्मी पब्लिक मा.वि. द्वितीय, शुक्रराज मा. वि. तृतीय र एसओएस् हर्मन माइनर मा. वि.सान्त्वना भएका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. भुपति ढकाल ‘कमल’ को प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता निमित्त क्याम्पस प्रमुख मनोरञ्ज शर्माले गरेका थिए ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले यस्ता बौद्धिक क्रियाकलापले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र उज्ज्वल भविष्यको लागि महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
पुरस्कृत हुने विद्यालयलाई प्रथम पुरस्कार रु. ५,०००, दोस्रो पुरस्कार रु. ३,५००, तेस्रो पुरस्कार रु २,५०० र सान्त्वना पुरस्कार रु २,००० नगद रकम र प्रमाणपत्र क्याम्पसको १० औं वार्षिकोत्सवको अवसरमा यही माघ ५ गते प्रदान गरिने कुरा निमित्त क्याम्पस प्रमुख शर्माले जानकारी दिए । फिडर विद्यालयहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमको सहजीकरण क्याम्पसका प्राध्यापक मोहन भण्डारी र लालमणि पोख्रेलले गरेका थिए ।

Advertisement

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष टंकराज अधिकारी, कोषाध्यक्ष यदुप्रसाद कँडेल र सहभागी विद्यार्थीको तर्फबाट छोरेपाटन मा.वि. कि छात्रा रश्मी भट्टराई लगायतले बोलेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित