भारोत्तोलनको ४८ केजी तौलमा संगिता राईले राखिन् राष्ट्रिय किर्तिमान

पोखरा, २६ पुस । पोखरामा ३५ वर्षपछि आयोजित राखेप च्याम्पियन राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी संगिता राईले ४८ केजी तौलमा राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् ।

क्लिन एण्ड जर्कमा राईले ६६ केजी तौल उठाउँदै १२ वर्ष अघि विरगंजमा निता थापाले राखेको राष्ट्रिय रेकर्डलाई तोडेकी हुन् । तर उनी स्न्याचमा राष्ट्रिय रेकर्ड कायम गर्न भने असफल भईन् । यद्यपी उनले स्न्याच, क्लिन एण्ड जर्कमा ११८ केजी तौल उठाउँदै थापाको रेकर्ड बराबरी गरिन् ।

नेपाल आर्मीकी मनिषा रानाभाटले ६४ केजी तौल उठाएपछि राईलाई ६६ केजी तौल उठाउने चुनौति थपियो । रानाभाटले रेकर्डको लागि ६६ केजी उठाउने प्रयास गरिन् । तर असफल भईन् । उनी असफल भएपछि रेकर्ड कायम गर्ने अवसर राईलाई जुरेको थियो । राईले ६६ केजी उठाउँदै राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण पदक जितन् ।

Advertisement

गत वर्ष सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत र ओलिम्पिक डेमा आयोजित प्रतियोगितामा समेत रजत पदक जितेकी राईले तेस्रो प्रयासमा नयाँ राष्ट्रिय रेकर्डसहित स्वर्ण पदक जितिन् । उदयपुर घर भएकी राई नेपाल प्रवेश गरेपछि भारोत्तोलनको प्रशिक्षणमा थिईन् । ४ वर्षको नियमित प्रशिक्षणपछि स्वर्णसहित रेकर्ड राख्न सकेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन—‘प्रहरीमा प्रवेश गरेपछि नियमित प्रशिक्षण गर्न पाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित