चिसोका कारण गरिब परिवार जनजीवन अस्तव्यस्त

काठमाडौं,२३ पौष l  चिसो बढेसँगै तराईंको जनजीवन अस्तव्यस्त बनेको छ । साना झुप्रा र कम मात्र लाउने लुगा भएका गरिब परिवारका निम्ति चिसो काल बनेर आइराखेको छ । शितलहर र हुस्सुसंगै तुसारोपनि पर्न थालेपछि तराइको जनजीवन थप कष्टकर भएको छ ।

चिसोका कारण गरिब परिवार र अर्थात् समुदायका केटाकेटी, बुढाबुढी सुत्केरीले धेरै प्रभावित भएका छन् । केही ठाउँमा सुरक्षा निकाय र स्थानीय प्रशासनले दाउरा बालेर ताप्ने ब्यवस्था भएपनि त्यो पर्याप्त हुन सकेको छैन ।

चिसोका कारण बजार र सडकमा आवतजावत गर्नेको संख्या पनि घटेको छ । यस्तै, चिसो बढेपछि भूकम्प प्रभावितको जीवन थप कष्टकर बनेको छ । टहरामा जीवन गुजारा गर्नुपरेका बेला चिसोले झनै गाह्रो भएको प्रभावितले बताएका छन् ।

काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोर्खा, धादिङ्ग लगायतका उच्च पहाडी र हिमाली भेगमा चिसो बढेपछि घरको पुनर्निर्माण पनि प्रभावित बनेको छ । भूकम्प गएको ३२ महिना बितिसक्दा समेत निजी घर बनाउन नसक्दा उनीहरु चिसोको चपेटामा परेका हुन् ।

मौसम विभागका अनुसार चुम्लामा माइनस आठ, उपत्यकामा शुन्य, जोमसुममा माइनस ४, जीरीमा माइनल ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । मौसम विभागले अझ चिसो बढ्ने अनुमान गरेको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top