अब चाँडै नै अमेरिकाको न्युयोर्क शहरमा‘बाजेको सेकुवा’ खुल्ने

काठमाडौं, २१ पौष । नेपालको लोकप्रिय एफ.एण्ड.बी. ब्राण्ड ‘बाजेको सेकुवा’ अब चाँडै नै अमेरिकाको न्युयोर्क शहरमा खुल्ने भएको छ ।बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार उनले न्युयोर्कमा रहेका नेपाली व्यावसायिक समूहसँग क्षेत्रीय फ्रेञ्चाईज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस व्यावसायिक समूहमा दीपक भण्डारी, पदम गुरुङ्ग, सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, महेश बहादुर भट्टराई र गणेश लम्साल लगायतका व्यक्तिहरु आवद्ध छन् ।

हाल नेपालमा १३ वटा शाखा रहेको बाजेको सेकुवाको अन्तर्राष्ट्रियस्तरमा यो पहिलो शाखा हुनेछ । आउँदो ६ वर्षभित्र अमेरिकामा थप ७ वटा शाखा खोल्ने प्रक्षेपण गरिएको छ । बाजेको सेकुवाले अमेरिका बाहेक कतार, बेलायत र अष्ट्रेलियामा पनि आफ्नो शाखाहरु विस्तार गर्ने उद्देश्य राखेको छ ।

Advertisement

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित