माउन्ट अन्नपूर्ण माबीमा पूर्ब बिधार्थीहरुको भेला सम्पन्न

पोखरा, २० पौष । पोखरा नदिपुर स्थित माउन्ट अन्नपुर्ण माबीमामा अध्ययन सम्पन्न गरेका पूर्ब बिद्यार्थीहरुको भेला सम्पन्न भएको छ । देश विदेशमा छरिएर रहेका पूर्ब बिधार्थीहरुका बिच पारस्परिक सम्बन्ध विस्तार गर्न भेला आयोजना गरि माउन्ट अन्नपूर्ण एलोमनाई एशोसियसन गठन गरिएको सचिब चित्र गुरुङले बताए ।

सचिब गुरुङका अनुसार माउन्ट अन्नपूर्ण माबी एलोमनाई एशोसियसनले बिद्यालय संगको सहकार्यमा अब सामाजिक अभियानमा अघि बढ्ने बताए । पूर्व विद्यार्थीहरुको भेलामा हाल युके, अष्ट्रेलिया र अमेरिकामा समेत छरिएर रहेको विद्यार्थीहरु समेत सहभागी रहेको गुरुङले बताए ।

Advertisement

भेलामा विद्यालयका संस्थापक विकल प्रसाद सेरचन, विद्यालयका अध्यक्ष चिजकाजी गुरुङ, एशोसियसनका सहसचिब डा. वुद्धीराज गुरुङ, उपाध्यक्ष देवेन्द्र प्रजु लगाएतले संस्थाको गठन र उद्धेश्यका बारेमा बोलेका थिए । भेला एशेसियसनका अध्यक्ष डा. निरज रंजितको अध्यक्षतामा भएको थियो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top