एक साता भित्र अष्ट्रेलियामा तीन नेपालीको मृत्यु , ३ जनामध्ये २ जनाले आत्महत्या गरेको आशंका

काठमाडौँ, २० पौष । अस्ट्रेलियाको सिड्नीमा एकै सातामा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ३ जनामध्ये दुई जनाले आत्महत्या गरेको अस्ट्रेलियाको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सिडनीमा नेपालीहरुको बाक्लो बस्ती मानिने अर्वन क्षेत्रमा नेपाली विद्यार्थी २३ वर्षिया अस्मीता रिजाल कोठामा मृत अवस्थामा भेटिएको केही दिनमा नै सिड्नी विमानस्थलमा छोरी भेट्न आएकी नेपाली अभिभावक देबि कुमारी अधिकारीको बिमानस्थलमा मृत्यु भयो ।

छोरीको ग्राजुएसनको लागि भेट्न आएकी अभिभावक अधिकारीको बिमानस्थलमै स्ट्रोकका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिए पनि मृत्युको खास कारण अझै खुलीसकेको छैन ।

अस्मीताको आत्महत्या वा हत्या के हो भन्ने बारेमा प्रहरीले अहिलेसम्म जानकारी दिएको छैन। पोष्टमार्टम पछि मात्र उनको बारेमा जानकारी आउने प्रहरीले जनाएको छ । त्यस्तै मृत्यु हुनेमा अर्की महिला तृप्ती पाण्डे रहेकी छिन् । न्युक्यासल क्षेत्रको सिंगलटनमा तृप्तीले पनि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतकका विषयमा नेपाली दुतावासले प्रहरीलाई अपडेट मागीरहको बताइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top