यूएर्इका नेपाली पत्रकारहरूप्रति सामाजिक अभियन्ताहरूको गुनासो

यूएर्इ, २ जनवरी । युएईमा कार्यरत नेपाली पत्रकारहरुको भूमिकाप्रति क्रियाशील सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले गुनासो गरेका गरेका छन् ।

पत्रकारहरूको भूमिकाप्रति मिश्रित प्रतिक्रिया दिदै उनीहरूले सबै सामाजिक गतिविधिहरूलार्इ नसमेटिएको गुनासो गरेका हुन् ।

पछिल्लो समय यूएईमामा कार्यरत नेपाली पत्रकारहरु समाचार संकलनमा सक्रिय रहेको र पत्रकार महासंघले पत्रकारहरुको हकहित र पेशागत दक्षता वृद्धिका लागि समन्वय गरिरहेको भएपनि सबै गतिबिधि नसमेटिएको सामाजिक अगुवाहरूको गुनासो छ ।

यूएईमा चालीस जनाको संख्यामा पत्रकार रहेकोले सबै जना पत्रकार महासंघमा आवद्ध भएर एक्यवद्धता जनाउन धेरैले सुझावसमेत दिएका छन् ।

बिगतमा केही पत्रकारहरुले समाचार सम्प्रेषणमा भेदभाव गरेको प्रवासी मञ्च यूएईका पूर्वअध्यक्ष प्रकाश कोइराला र नेपाल आदिवासी जनजाति महासंघ यूएई शाखाका अध्यक्ष पासाङ शेर्पाले गुनासो गरे ।

एनआरएन मध्यपूर्ब उपसंयोजक गोपाल कंडेल, एनआरएन यूएई अध्यक्ष रमेश श्रेष्ठ, प्रवासी मञ्च यूएईका अध्यक्ष श्याम कंडेल, विश्व सहयोग संघ यूएईका अध्यक्ष गोविन्द ढकाल लगायत अन्य बक्ताहरुले यूएईका संचारकर्मीहरुको क्रियाशीलता र पत्रकार महासंघको समन्वयको तारिफ गरे ।

नेपाल पत्रकार महासंघ यूएई शाखाले १ जनावरी २०१८ का दिन अंग्रेजी नयाँ वर्ष २०१८ को बिशेष अवसर पारेर शुभकामना आदानप्रदान, वनभोज तथा चिठ्ठा कार्यक्रममा महासंघको वर्तमान कार्यकाल सफल, सन्तुलित र बिबादरहित रहेको अधिक बक्ताहरुको भनाइ थियो ।

महासंघ यूएई शाखाका निवर्तमान अध्यक्ष त्रीलोचन कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय पार्षदद्धय हरि नेपाली र बिनोद श्रेष्ठ बिशेष अतिथि रहेका थिए ।

यूएईमा क्रियाशील बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यमा सम्पन्न कार्यक्रम यूएईको दुबईस्थित जाबेलपार्कमा सम्पन्न भएको थियो ।

एनआरएन आईसीसीका मध्यपूर्बका उपसंयोजक गोपाल कंडेल, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेल, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष पासाङ शेर्पा, काभ्रे सेवा समाज युएईका अध्यक्ष दील लामा, सिन्धुपाल्चोक सेवा समाज यूएईका अध्यक्ष मनोज नेपाल, धादिङ समाजका निवर्तमान अध्याक्ष भीम अधिकारी लगायत विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि अतिथि रहेको कार्यक्रमको सहजिकरण महासंघका सहसचिब निर्भिक नारायण भुर्तेलले गरेका थिए ।

सन्ध्यालार्इ मोवाइल चिट्ठा

महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान, वनभोज तथा चिट्ठा कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त चिट्ठा कार्यक्रमअन्तर्गत भाग्यशाली उपहारमा प्रथम पुरस्कार गायिका तथा मोडल सन्ध्या सुस्केराले मोबाईल फोन प्राप्त गरेकी थिइन भने दोस्रो पुरस्कार पत्रकार प्रकाश ढकालले ट्यावलेट र तेस्रो पुरस्कार पत्रकार डिल्ली हुमगाईले घडी प्राप्त गरेका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुले पत्रकार महासंघ यूएईलाई सफलताको शुभकामना दिदै प्रवासमा कामको बाबजुद पनि पत्रकारहरुले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

Advertisement

कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालले कार्यक्रम सफल बनाउन खटिएका संयोजक दामोदर दाहाल लगायतका आयोजक टिम र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

यूएईमा क्रियाशील सिमित सँस्थाका प्रमुख र प्रतिनिधि उपस्थित भएकोमा पत्रकार गितामणि पाण्डेले आश्चर्य प्रकट गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित