निशुल्क उपहार कुपन २०७४ को नतिजा सार्वजनिक : प्रथम पुरस्कार कुपन नं. ३३१२९ लाई इलेक्ट्रिक स्कुटर

पोखरा, १७ पुस । कपडा व्यावसायी एशोसियसन कास्कीद्धारा संचालित निशुल्क उपहार कुपन कार्यक्रम २०७४ को नतिजा सार्वजनिक गरिएको छ । हरितालिका तिज, दशै, तिहार र छठका अवसरमा संचालित उक्त कार्यक्रममा करिब ६० हजार उपभोक्ताहरुले सहभागीता जनाएका एशोसियसनले जनाएको छ ।

राष्ट्रिय ढाकाटोपी दिवसका दिन पोखराको चिप्लेढुंगामा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको नतिजा अनुसार कुपन नं. ३३१२९ लाई पहिलो पुरस्कार इलेक्ट्रिक स्कुटर परेको छ । यस्तै कुपन नं. ४६००७ लाई दोस्रो पुरस्कार एलईडि टिभी, कुपन नं. ५१०३२, ५२३५७,४९४१२, १३९६७ र ५९८७९ लाई तेस्रो पुरस्कार स्वरुप तयारी सुट १\१ थान परेको छ ।

कुपन नं. ५६०५४ लाई चौठो पुरस्कार फ्रिज, कुपन नं. १९७७६ र २३८८० लाई पाँचौ पुरस्कार अल्ट्रालाईटको टिकट परेको छ । कुपन नं. ५८७५७ लाई छैठौ पुरस्कार एक थान सामसुङ मोवाईल परेको छ भने अन्य ३० जनालाई साम्त्वना पुरस्कार स्वरुप विभिन्न आकर्षकहरु गिफ्ट ह्याम्परहरु परेका छन् ।


साम्त्वना पुरस्कार पर्नेहरुमा कुपन नं.०८९२२, ५६३३३, २७१९६, २९५१०, ५७१७२, १६५०६, ०६५२६, ५९०४२, २९३९५, ३५१७०, २६१५५, ०८०९५, ०२१९२, ४६२९०, ५३२७०, ३२८४०, १८१२७, ५९१६५, ५५३५२, ०६६७८, ५७६९२, २६५७६, ५७१४४, ०५११८, ५२११२, ५५७४२, ४५१७१, ५५०९०, २२७२०, १३७३९ र ३७६६१ रहेका छन् ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रविन्द्र बहादुर प्रजुले व्यवसाय प्रवद्र्धनमा यस्ता प्रकारका कार्यक्रमहरु फलदायी हुने विश्वास व्यक्त गरे । साथै व्यावसायीक एकता र उपभोक्ता हितका सम्बन्धमा समेत व्यावसायीहरु प्रतिवद्ध हुनुपर्नेमा उनले जोड दिएका छन् ।
पोखराका पुराना ढाकाटोपी व्यावसायी तिर्थमान श्रेष्ठले नेपाली पहिचान ढाका टोपीको संरक्षणका खातिर योगदान गर्न सम्वद्ध सवैलाई आह्वान गरे । संस्कृतिको पुस्ता हस्तान्तरणमा समस्या देखिएको भन्दै युवापिढिँहरु थप जिम्वेवार बन्नु पर्ने उनले तर्क गरेका छन् ।

Advertisement

गरिब तथा जेहन्दार विद्यार्थी छात्रवृति सहयोगार्थ आयोजित निशुल्क उपहार कुपन कार्यक्रममा सारमा सफल भएको एशोसियसनका निर्वतमान अध्यक्ष एंव कार्यक्रमका संयोजक यामनाथ तिमील्सीनाले जनाए । एशोसियसनका अध्यक्ष नविन नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपाने तथा संचालन महसचिव गजेन्द्रमान श्रेष्ठले गरेका थिए ।

पोखरा र आसपासमा कपडाको व्यावसाय गर्ने व्यावसायीहरुको हकहितका लागी २०५४ सालमा स्थापना गरिएको उक्त एशोसियसनमा अहिले झण्डै २ सय ५० व्यावसायीहरु आवद्ध रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित