पोखराको चिप्लेढुंगामा ‘सान्नानी दोहोरी साँझ’ सञ्चालन

पोखरा, १६ पुस । पोखराको चिप्लेढुंगामा ‘सान्नानी दोहोरी साँझ’ सञ्चालनमा आएको छ । एक वर्षअघिदेखि सुचारु गरिएको दोहोरीको पुस १५ को अवसर पारेर शुभारम्भ गरियो । दोहोरीको पोखरा–लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले शुभारम्भ गरे ।

जिसीले सुन्दर पोखरामा संस्कृतिको पहिचान दिनको लागि खोलिएको दोहोरीको प्रगतीको कामना गरे । उनले दोहोरी साँझमा फोहोरी खेल नहोस भन्ने सुझाए । ‘महानगरको नाम राख्न भएपनि दोहोरीमा फोहोरी खेल नहोस्,’ उनले भने, ‘संस्कृति र संस्कारको बारेमा बाहिरबाट सुन्न र हेर्न लायक बनाउनुहोला ।’ जुन शान र गतिका साथ व्यावशाय शुरु भएको छ सोही शान र गतिमा सञ्चालन गरेर अरुका लागि समेत उदाहरण बन्न जिसीले शुभेच्छा व्यक्त गरे ।

समाजसेवी शेरबहादुर गुरुङले दोहोरीको शुभारम्भ हुनु नै राम्रो संस्कृतकिो सुरु भएको बताए । उनले दोहोरी साँझलाई संस्कृतिको अभियानको रुपमा लिइने औल्याए । उक्त दोहोरी साँझलाई सात जनाको समूहले सञ्चालन गरेका हुन् । सुमन सिल्पकार, सुनिल गायक, कृष्ण जोशी, सन्तोष मल्ल, कृष्ण भण्डारी, रबि गुरुङ र जय परियार दोहोरीका सञ्चालक हुन् । सञ्चालक जय परियारले दोहोरी केही समय पहिले सञ्चालन गरेपनि पूर्णरुपमा सुरु बल्ल गरिएको बताए । उनले दोहोरी साँझलाई व्यवस्थित तरिकाले सभ्य बनाउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

कुल ४२ लाख लगानीमा सञ्चालित दोहोरी साँझमा कलाकारसहित करिब तीन दर्जन यूवा युवतीहरुले रोजगार पाएको सञ्चालक सुनिल गायकले बताए । उनका अनुसार शुभारम्भको अवसरमा दोहोरी साँझमा पुस २१ गतेसम्म विशेष साँगीतिक कार्यक्रमहरु आयोजना हुनेछन् । विशेष साँगीतिक साँझमा चर्चित कलाकारको दैनिक प्रस्तुति रहने उनले बताए । शुभारम्भ दोहोरी साँझको कार्यक्रम सञ्चालन मन क्षेत्रीले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top