fbpx

प्रहरी हिरासतमा महसाकाे मृत्युपछि इरानमा विरोध प्रदर्शन,कारबाहीमा चार सय ४८ जना मारिए

author

समाचारपाटी

१ year अगाडि

बागदात । बाइस वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर सुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन्।

विरोधप्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ। नर्वेको इरान मावनअधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन्। अठार वर्ष मुनिका नौ जना केटी पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्।

समूहको प्रतिवेदनअनुसार गत साता मात्र सुरक्षाकर्मीले १६ जनालाई मारेको थियो। मारिएकामध्ये १२ जना कुर्दिस जनसङ्ख्या अधिक भएको इलाकाका हुन्। ती इलाकामा अहिले पनि हिंसात्मक प्रदर्शन जारी छन्। दोहोरो झडपमा मारिएका नागरिकको सङ्ख्या मात्र प्रतिवेदनमा समावेश गरिएको तथा त्यसमा सुरक्षाकर्मीको हताहती समावेश गरिएको छैन।

इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्सका ब्रिगेडियर जनरल अमीराली हज्जिजादेहले विरोधप्रदर्शनका क्रममा तीन सय जना मारिएका बताएका छन्। सरकारीस्तरमा पहिलोपटक हताहतीको विवरण सार्वजनिक भएको पनि अरब न्युजले जनाएको छ।

उपयुक्त ढङ्गले टाउको नछोपेको अभियोगमा गत भदौ ३१ गते पक्राउ परेकी अमिनीको केही दिनपछि हिरासतमा मृत्यु भएको थियो। उनको हिरासतमा मृत्यु भएको खबर सार्वजनिक भएपछि इरानमा विरोधप्रदर्शन भड्किएको छ। धार्मिक प्रहरीले उनलाई यातना दिएर मारेको आरोप प्रदर्शनकारीले लगाएका छन्। यद्यपि इरान सरकारले त्यसको खण्डन गरेको छ।

रासस


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन