ल्होसारको अवसरमा गोमती युवा क्लबको शुभकामना

समाचारपाटी, करापुटार, १६ पुस । मध्यनेपाल नगरपालिकाको करापुटारमा रहेको सक्रिय क्लब हो गोमती युवा क्लब । सो क्लबले ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष यदु घिमिरेले शुभकामना मन्तव्यमा भनेका छन् – “नेपाली तामाङ्ग, शेर्पा, गुरुङ, थकाली आदि जातीहरुले महत्वपूर्ण पर्वका रूपमा मनाउने लोसार पर्वको पावन अबसरमा गोमति युवा क्लब सबैमा सुख, शान्ति र संमृद्धिको शुभकामना ब्यक्त गर्दछ । तमु लोसारको पावन अबसरमा सम्पूर्ण नेपालीको एकता, प्रेम र सदभाब सधै बलियो होस भन्ने कामना गर्दछौ ।”

यसैबीच क्लबले मध्यनेपाल नगरपालिका ८ मै रहेको चौतारी युबा क्लब, लमजुङद्वारा आयोजित खुल्ला फूटबल प्रतियोगितामा भाग लिन जाने क्लबका खेलाडीलाई एक कार्यक्रमका बीच बिदाइ गरेको छ । खेलाडीहरुलाई क्लबका अध्यक्ष यदु घिमिरेले विदाई गर्नुभएको हो ।

Advertisement

सो कार्यक्रममा अध्यक्ष घिमिरेले खेलाडीलाई खेलको नियममा रहि अनुशासित खेल खेल्न र बिजय भै फर्कन शुभकामना दिनुभएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top