आईपिएम कृषक पाठशाला समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

पोखरा, १४ पौष । पोखरा लेखनाथ महानगरपालिका वडा नं.१६ स्थित शान्ति उदयटोलमा तरकारी बाली अवधिभर संचालित आईपिएम कृषक पाठशाला समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ । विषादी रहित आधुनिक तरिकाबाट बाली उत्पादन गर्ने तरिकाको बारेमा तालिम दिने उद्देश्यले कारितास अस्ट्रेलिया, अस्ट्रेलियन एड र कारितास नेपालको सहयोग र दिदीबहिनी आई.पि.एम कृषक पाठशालाको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो ।

मुख्यतया उक्त कार्यक्रम महिलालाई कृषि उपजको उत्पादन र ब्यबसायिक रुपमा कृषि कसरी गर्न सकिन्छ भनेर प्रयोगात्मक रुपमा सञ्चालन गरिएको हो । कार्यक्रममा सिकेका कुराहरुलाई ब्यबहारीक रुपमा लागु गर्न आग्रह गर्दै वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यले तालिमबाट कृषीको व्यावसायीकरण र महिला शसक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे  ।

साथै उनले कृषीमा परनिर्भरताको अवस्थालाई अन्त्य गर्दै आत्मनिर्भरता तर्फ उन्मुख हुनु पर्नेमा जोड दिए । आफुमा भएको क्षमता र कृषी भुमिको अधिकतम उपयोग गर्दै उत्पादनमा केन्द्रित हुन उने आम कृषकहरुलाई आग्रह समेत गरेका छन् ।

कृषक समुहकी अध्यक्ष जमुना गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक कारितास नेपाल कास्कीका आईपिएम अधिकृत मुक्तिनाथ पौडेलले कार्यक्रम माथि प्रकाश पार्दै आईपिएम कृषक कार्यक्रम नेपालको सन्दर्भमा एक सफल र प्रभावकारी कृषी कार्यक्रम भएको दावी गरेका छन् ।

उक्त कार्यक्रममा प्रशिक्षक हिममाया भण्डारी, फिल्ड अफिस प्रमुख शोभा आचार्य, मिना कुमारी बराल लगायतले बोलेका थिए । यस्तै वडा नं. १६ का कृषि संयोजक जित बहादुर बस्नेतले सहभागी सवैलभाई धन्यवाद ज्ञापन गरे । कृषक समुहकी सचिव बिमला भट्राईले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष देवि गुरुङले प्रतिवेदन प्रस्तुत र शुष्मा गुरुङले स्वागत गरेकी थिईन् ।

यसैबिच, ६ महिना सम्म संचालित आईपिएम कृषक पाठशालाका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

अभिमुखिकरण तालिम सम्पन्न ः

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ स्थित अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य संस्था गुणस्तर सुधार टोलीको अभिमुखिकरण तालिम सम्पन्न भएको छ । केन्द्रका व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष एवं वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य संस्था गुणस्तर सुधार पद्धतिका बारेमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका खोप सुपरभाईजर एकनारायण लम्साल र नर्सिङ् अधिकृत कविता पौडेलले प्रशिक्षण दिएका थिए ।

यसैबिच, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष ऋषिराम आचार्य र निवर्तमान उपाध्यक्ष बुद्धि बहादुर गुरुङलाई विदाई तथा सम्मान समेत गरिएको थियो ।

 

ब्ततबअजmभलतक बचभब

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित