महिला भलिबल र पुरुष बास्केटबलको फाइनल शुक्रबार हुने

पोखरा, १४  पुस । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणअन्तर्गत छोम्रोङमा आयोजित ल्होसार मेलामा बिहीबार महिला भलिबल र पुरुष बास्केटबलको सेमिफाइनल खेल सम्पन्न भएका छन् । खुल्ला महिला भलिबल प्रतियोगितातर्फ न्यु डायमन्ड एकेडेमी काठमाडौं र ताङतिङ युवा क्लब फाइनलमा प्रवेश गरेका छन् । नकआउटका आधारमा खेलाइएको खेलमा बिहीबार न्यु डायमन्डले डा“फे युवा क्लब घान्द्रुकलाई २–० को सोझो सेटमा सेमीफाइनलमा हरायो । न्यु डायमन्डले २५–१० र २७–२५ ले घान्दु्रकलाई हराएको हो । कुल ८ टिम सहभागी हुने भनिएपनि २ टिम उपस्थित नभएपछि पोल ‘बी’ मा रहेका न्यु डायमन्ड र डा“फे सिधैं सेमिफाइनल प्रवेश गरेका थिए ।


अर्को सेमीफाइनल खेलमा ताङतिङ युवा क्लबले घ्याप्राङ युवा क्लबलाई २–० कै सेटमा हरायो । ताङतिङले घ्याप्राङलाई २५–२० र २६–२४ ले पाखा लगाएर फाइनल प्रवेश गरको हो । यसअघि पहिलो चरणको खेलमा घ्याप्राङले सेन्चुरी युवा क्लब छोम्रोङ ‘ए’ लाई सोझो २–० को सेटमा हराएर सेमिफाइनल प्रवेश गरेको थियो । पहिलो सेट २५–१८ ले जितेको घ्याप्राङले दोस्रो सेटमा पनि २५–१८ मै जित हासिल गर्यो । दोस्रो खेलमा ताङतिङले छोम्रोङ ‘बी’ लाई पनि २–० कै सेटमा पराजित गर्यो । ताङतिङले २५–६ र २५–११ मा सहज जित निकालेर सेमिफाइनल प्रवेश गरेको हो । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणमा आयोजित ल्होसार मेलामा महिला भलिबलको विजेताले ४० हजार रुपैया“ र उपविजेताले २५ हजार रुपैया“ पाउने खेल संयोजक राजकुमार गुरुङले बताउनुभएको थियो।


महोत्सवमा पुरुष बास्केटबलतर्फ विशाल मिलन केन्द्र काठमाडौं र ताङतिङ युवा क्लब कास्की फाइनल प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विशाल मिलन केन्द्रले उल्लेरी युवा क्लबलाई ७५–७० स्कोरले पाखा लगाएर फाइनल प्रवेश गरेको हो । ताङतिङले छोम्रोङ ‘बी’ लाई ४९–३९ ले पराजित गरेर फाइनलमा पुगेको थियो । महिला भलिबल र पुरुष बास्केटबलको फाइनल शुक्रबार हुने छ । खुल्ला पुरुष भलिबलको खेल पनि शुक्रबार नै सुरु हुनेछन् । पुरुष भलिबलको विजेताले १ लाख रुपैया“ र उपविजेताले ६० हजार रुपैया“ प्राप्त गर्नेछन् । पुरुष बास्केटबलको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया“ पाउने महोत्सवका संयोजक ललित गुरुङले बताउनुभएको थियो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top