त्रिवेणी ईन्टरनेशनल कलेजमा नवआगन्तुक विधार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न ।

पोखरा, ८ पौष । त्रिवेणी ईन्टरनेशनल कलेज पोखरा लेखनाथ–२७ तालचोकमा बिबिएस प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुका लागी स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि त्रिवेणी ईन्टरनेशनल कलेज कम्पनि लिमिटेडका अध्यक्ष बाबुराम गिरीले कलेजको शैक्षिक गुणस्तर आसपासका कलेजहरुसँगको प्रतिस्पर्धा मात्र नभएर अन्र्तराष्ट्रि स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएको दावी गरे । कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक मधुसुधन सापकोटाले कलेजको शैक्षिक वातावरण उत्कृष्ट रहेको बताउँदै आफ्नो शैक्षिक भविष्यको लागि अग्रसर भएर अध्ययन गर्न आग्रह गरे ।

यस्तै क्याम्पस प्रमुख यदुराज आचार्यले कलेजमा आधुनीक प्रविधि मल्टिमिडिया, ई–लाईब्रेरी समेत भएको र अनुभवि उप–प्राध्यापकहरुले अध्यापन गराउने र उत्कृष्ट नतिजा समेत प्राप्त गर्न सफल भएको बताए ।कार्यक्रममा विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम,उपाध्यक्ष सरोज भटृराई लगाएतले बोलेका थिए । विद्यार्थीहरुले गजल, मुक्तक, गायन, नृत्य लगायतका प्रस्तुतीहरु राखेका थिए ।बिधार्थी कल्याणकारी समितिका अध्यक्ष सुवास पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शैक्षिक उप–समितिका संयोजक मनोहरी न्यौपानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव विराज भुर्तेल र एन्जिला अधिकारीले गरेका थिए ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top