सामाजिक अध्ययन मञ्च कास्कीको हाजिरी जवाफ सुरु 

पोखरा, ८ पौष । सामाजिक अध्ययन मञ्च कास्कीको हाजिरी जवाफ शनिवार देखी पोखरामा सुरु  भएको छ।  सामाजिक विषय सग सम्बन्धित रहेर गरिएको हाजिरी जवाफमा कास्कीका ५० विद्यालयहरुको सहभागिता रहेको पहिलो चरण पार गरेका गोल्डेन पयुचर, रेन्बो, गण्डकी बोडिङ्घ, मनिङ्घ ग्लोरी, शितलादेवी, मदरल्याण्ड,डायमण्ड, हिमालय,सरस्वतीटीका शिशुनिकेतन लगाएतका विद्यालयहरुले आइतबार फाइनलमा प्रतिष्पर्धा गर्दैछन् ।

पोखराको मदरल्याण्ड मावि मासवारमा भएको उद्घाटन कार्यक्रममा वोल्दै मदर ल्याण्ड माविका संस्थापक निर्देशक त्रिभुवन शर्मा तथा प्रिन्सिपल नारायण बरालले सामाजिक बहुआयामिक विद्या समेटिएको विषय भएको बताए । रिडमोर पब्लिकेशनले कार्यक्रमलाई सफल पार्न प्रयोजन सहयोगीको भूमिका खेलेको प्रतियोगितामा ९ जना क्वीज मास्टरहरु रहेका र उनीहरुलाई सहयोग गर्न सहयोगी शिक्षकहरु समेत रहेका प्रतियोगिता संयोजक दिनेश अर्यालले बताए । मञ्चका अध्यक्ष टेकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन हलमा सामुहिक रुपमा एक प्रश्न सोधेर गरिएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित