भारतमा दुबी भन्ने ठाँउको नदिमा बस खस्दा ३३ जनाको मृत्यु

नयाँदिल्ली, ८ पौष। भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा परी अन्य १७ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर सो बस दुर्घटना भएको हो ।

बनास नदिमा खसेको उक्त बसमा ५० जना यात्रुले यात्रा गरिरहेको जनाइएको छ । नदीमाथी बनाइएको पुल तर्ने बेलामा बस नदीमा खसेको हो । तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीहरुले बताउनुभएको  छ । नदीबाट २० जनाको शव बाहिर निकालिएको र घाइते मध्ये सात व्यक्तिको मृत्यु भएपछि सो संख्या ३३ पुगेको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top