आईसरको अत्याधुनिक वर्कसप सुभारम्भ

पोखरा, ३ पुस  आईसर गाडीको नेपालको आधिकारीक बिक्रेता ईष्ट्रन एजेन्सीज  प्रा.लि ले राजधानीको सतुगंलमा अत्याधुनिक वर्कसप संचालनमा ल्याएको छ ।

वर्कसपको भल्भो आईसर कमर्शिसयल भेईकलका तर्फबाट कम्पनीका सिनियर भाईस पे्रसिडेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड एस.एस.गिल र वतास अर्गनाईजेशनका अध्यक्ष आनन्दराज बतासले संयुक्त रुपमा सुभारम्भ गरे ।

६ बे क्षमताको वर्कसपले दैनिक १२ वटा गाडीहरुलाई सेवा दिन सक्ने  र  उपत्यका बाहिरबाट आउने गाडीहरुको लागि पायक पर्ने भएकोले ग्राहक सेवामा सहयोग पुग्ने  विश्वास कम्पनीका कार्यकारी निर्देशक शान्त राज बतासको छ ।

बतास अर्गनाईजेसन अन्र्तगतको ईष्ट्रन एजेन्सीजले  देशभरीका १७ वटा वर्कसपहरु तथा १ सय  भन्दा बढी स्पेयरपार्टस रिटेलरहरु मार्फत देशको कुना कुनामा बिक्रि पछिको सेवा प्रदान  गरेको वताएको छ ।  २४ सै घण्टा टोल फ्रि नम्बर मार्फत गाडी बिग्रिएको केही घन्टा भित्र आवश्यक कुनै पनि सेवा प्रदान गर्न सक्ने गरि मुख्य राजमार्गहरुमा समेत मोवाईल भ्यानको ब्यवस्था गरिएको कम्पनीका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

साथै कम्पनीले हालसालै ३ सय ३० हर्सपावरको  भल्भो ग्रुपको प्रबिधिमा निर्मित अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एमको विक्री समेत शुभारम्भ गरेको र  निर्माण क्षेत्रमा प्रयोग हुने ८ देखी २५ टन क्षमताका बिभिन्न किसिमका टिप्परहरुको सामुहिक प्रर्दशनीका साथ बृहत ग्राहक मेला सम्पन्न गरेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित