“फ्रेन्डस् फन रिलोडेड”को रक्तदान कार्यक्रमबाट २२ युनिट रगत संकलन

 पोखरा, १ पुष । फेसबुक गु्रप “फ्रेन्डस् फन रिलोडेड” ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट २२ युनिट रगत संकलन भएको छ ।
“नेपाली मन, नेपाली पन” भन्ने नारा सहित सामाजिक सञ्जालमा सक्रिय रहदै आएको फेसबुक ग्रुप फ्रेन्डस् फन रिलोडेडद्धारा पोखराको महेन्द्रपुल स्थित रहेको ओरेन्ज मार्केटमा शनिबार सम्पन्न गरेको रक्तदान कार्यक्रमबाट २२ युनिट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधीले ओरेन्ज मार्केटका संञ्चालक तथा सो रक्तदान कार्यक्रमका सभापति समेत रहेका बिनोद गुरुङलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


सोही अबसरमा बोल्दै गुरुङले कुनै ब्यक्तिलाई नया जिबन दिन उक्त रक्तदान कार्यक्रमबाट संकलित रक्तले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै सो रक्तदान कार्यक्रमको प्रशंसा गरे । साथै गुरुङले आगामी दिनमा यस्तै खालका सामाजिक कार्य गरी समाज रुपान्तरण गर्न अतुलनिय योगदान पु¥याउनु पर्नेमा समेत जोड दिए । यसैबिच फ्रेन्डस् फन रिलोडेडका सदस्य शर्बिन्द्र रेग्मीले बिगतमा बृद्धाश्रम लगायत अन्य सामाजिक संस्थालाई सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । उनका अनुसार फ्रेन्डस् फन रिलोडेड सामाजिक कार्य गर्ने उद्देश्यले देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुद्धारा जमेको गु्रप हो ।


नेपाल रेडक्रस सोसाईटी कास्की तथा क्षेत्रिय रक्त सञ्चार सेवा रामघाटको प्राबिधिक सहयोग रहेको रक्तदान कार्यक्रममा फ्रेन्डस् फन रिलोडेडका पोखरामा रहेका फेसबुक सदस्यहरु तथा स्थानिय बासीले रक्तदान गरेका थिए । बिनोद गुरुङको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा बिनोद पराजुलीले स्वगत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सुमन पौडेलले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top