आजको राशिफल २०७४ साउन ३० गते सोमबार, Today’s Horoscope, August 14 (भिडियो)

आजको राशिफल
बि.स.२०७४ साउन ३० गते । सोमबार । ईश्वी सन् २०१७ अगष्ट १४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि सप्तमी,३० घडी ३५ पला, बेलुका ५ बजेर ४८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र भरणी,५३ घडी ४४ पला । योग गंड १० घडि १५ पला,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त बृद्धि ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानि गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथिभाईहरु खुसि हुँनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशमा बसेर रोजगारि गर्नेहरुका लागी आजको दिन शिषेश लाभ प्राप्त हुँनेछ । स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुँने ग्रह योग रहेकोछ । नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति लाभ हुँने गतिलो सम्भावना रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुँनाले पद पाउँन गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुँनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाफा कमाउँने समय रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । नयाँ कार्ययोजना सार्वजनिक गरि आथिभाईहरुको मन आफुतिर तान्न सकिनेछ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानि नगर्नुनै उचित हुँनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्निबिच विवाद बढ्नेछ भने माईति चेलिबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुँने हुँदा दुख पाउँने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउँन असजिलो हुँनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट भने थोरै भएपनि आम्दानि हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या हुँनसक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने साझेदारहरुबाट होसियार रहनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । खोज तथा अनुशन्धानमा अलि बढि समय खर्च गर्दा भनेजस्तो सफलता पाउँन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले एक किसिमको उमङग शरिरमा आउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुँने हुँनाले आफन्त हरु खुसि हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुँनेछ । समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरि प्रसन्न हुँने समय रहेको छ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाव सिर्जना हुँनेछ भने जीवन साथिसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग तथा व्यापार व्यावसायमा लगानि बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको यात्रा तय हुँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । छोटो दुरिको परिणाममुखि यात्राको तय हुँनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ ।
तपाईको दिन शुभ रहोस ।
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित