प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार घाटाका बारे छलफल हुने

नगरकोट, २९ साउन । वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संविधान संशोधनलाई पारित गराउन संशोधनको पक्षमा दुई तिहाई पुराउने वातावरण बनाउन राजपा लाग्नुपर्ने र निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिनुभयो ।उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार घाटाका बारे पनि छलफल हुने जानकारी दिनुभयो । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित