बाँकेको कृषिचौखेरीमा ५० जनाभन्दा बढी बाढीमा फसे

नेपालगञ्ज, २९ साउन । बाँकेको डुडुवा गाउँपालिका-१ कृषिचौखेरीमा ५० जनाभन्दा बढी बाढीमा फसेका छन् । उनीहरुको अझैसम्म उद्दार हुन सकेको छैन ।

उनीहरु राप्ती नदीको दुई भंगालोको बीचमा फसेका छन् । उनीहरुले छिटो उद्दार गर्न आग्रह गरेका छन् । राप्तीमा पानीको सतह बढेको छ र स्थानीय प्रशासनले खतराको जनाउ दिन साइरन बजाउन सुरु गरेको छ ।

Source:-onlinekhabar.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित