आजको राशिफल २०७४ साउन २९ गते आइतबार, Today’s Horoscope, August 12

आजको राशिफल
बि.स.२०७४ साउन २९ गते । आईतबार । ईश्वी सन् २०१७ अगष्ट १३ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि षष्ठि,३५ घडी ३१ पला, बेलुका ७ बजेर ४६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अश्विनी,५६ घडी ५८ पला । योग शूल १६ घडि ४० पला,दिउँसो २१ बजेर १४ मिनेट उप्रान्त गंड ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने बिशिष्ट व्याक्तिहरुले तपाईको बिश्वास गर्नेछन् । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ । कार्यक्षेत्रमा क्षेत्रमा आउँने बिवादले आत्मसम्मानमा कमिको महशुस हुँनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सँकटको सामना गर्नुपर्नेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ भने बिदेसि सामानको व्यापार व्यावसाय बढेर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुँने ग्रह योग रहेकोछ । नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति लाभ हुँने गतिलो सम्भावना रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउँनेछन् भने प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुँनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म कर्ममा ध्यान जाने तथा आफ्नो सस्कृति जोगाउँन समय खर्चिनु पर्नेछ । कामको शिलशिलामा शक्तिशालि व्याक्तिसँग प्रतिश्पर्धा गर्नुपरेपनि अन्तत तपाईको नाम सुरक्षित रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । सानो प्रयासबाट नै ठुलो काम बन्नेछ भने व्यापार व्यावसायमा थोरै लगानिबाटनै भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा आफ्नो स्थान सुरक्षित गर्न सकिनेछ । ईज्जतिलो काम गरेर सबैको मन जित्न सकिनेछ । आफन्त तथा साथिभाई सँग मिठा मिठा कुरा गरि दिन कटाउँन सकिनेछ ।
कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । काम गर्दा सचेतता अपनाउँनु होला जरिवाना तिुर्नुपर्ने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।  तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालय सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँने तथा बिजयको योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तपाईको बौद्धिकताको उच्च सम्मान हुँनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि हुँनेछ । मित्रहरुको फराकिलो सहयोगले नयाँ योजनाहरु कार्यान्वयनमा ल्याई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । लगनशिल तथा मेहनेतले अगाडिको बाटो पहिल्याउन सहज हुँनेछ । परिवार तथा सन्तानको साथ रहने हुँनाले काममा समय दिन सहज बाताबरण पैदा हुँनेछ । आकस्मिक धन तथा सम्पति तथा भौतिक सम्पतिहरु हात लागि हुँने योग रहेको छ । अगाडि बढ्ने सुत्र पत्ता लगाउँन सकिने तथा पढाई लेखाईको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नो भन्दानि सामाजिक काममा समय बित्नेछ भने अरुको काम गरि प्रसन्न हुँने समय रहेको छ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुँनेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुँनेछ । अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । नयाँ काम शुरु गर्नुभन्दा अगाडि राम्ररि बिचार पुर्याउँनुहोला । राजनिति तथा समाजसेवामा प्रतिश्पर्धिहरु हावि हुँनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने उपलब्धिमुलक छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । व्यापार तथा  उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले जोसिलो काम बन्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढ्ने तथा घर परिमा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने समय मिल्नेछ । तर्कशक्ति तथा बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नेछन् भने नयाँ काम गरि भनेजस्तो कमाई गर्न सकिनेछ । कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुनेछ । पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।
तपाईको दिन शुभ रहोस । 
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र 
काठमाडौ नेपाल 
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित