एन प्याव्सानद्धारा अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता

पोखरा, २८ साउन।  नेशनल प्याव्सान कास्कीको आयोजनामा शुक्रबार १३ औं अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा नेशनल प्याव्सान कास्कीका आवद्ध ३९ विद्यालयको सहभागिता रहेको थियो । विद्यालयबीचको समन्वय र विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगितामा राइजिङ स्टार एकेडेमी प्रथम, मर्निङग्लोरी एकेडेमी द्धितीय, डायमण्ड मोडल तृतीय र सिद्धार्थ लवडेल सान्त्वना भएका थिए।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा विश्व विद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले विद्यालयको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने यो प्रतियोगिता कोषेढु·ा सावित हुने बताए।

कार्यक्रममा नेशनल प्यव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, प्रमुख क्वीज माष्टर किरण सापकोटाले बोलेका थिए।

नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा लेखा समिति संयोजक रमेशराज पौडेलले स्वागत र लेखा समिति सदस्य अर्जूनप्रसाद पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित