महिला समाज सेवा समितिको २१औँ साधारणसभा

पोखरा, २८ साउन ।  पोखरा लेखनाथ महानगरपालिका वडा नं ४ मा स्थापित महिला समाज सेवा समितिको २१औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै समितिका सल्लाहकार एवं प्रमुख अतिथि रामकृष्ण पराजुलीले सबैको सल्लाह लिएर महत्वपूर्ण विषयहरुमा निर्णय गर्न आग्रह गरे । सो अवसरमा समितिका सल्लाहकार देवीप्रसाद पराजुली, संस्थापक अध्यक्ष सरीता पराजुली, निवर्तमान अध्यक्ष शारदा पराजुली, पत्रकार जीवन सुवेदी लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।

साधारणसभाले अध्यक्ष रमा पराजुलीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रिङ्कु पराजुलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । कार्यक्रममा समितिमा आवद्ध सदस्यका छोराछोरी मध्येबाट गत वर्षको एस ई ई परिक्षामा उत्कृष्ठ नतिजा हासील गरेका तीन जना विद्यार्थीलाई सम्मान प्रदान गरिएको थियो ।

समितिका अध्यक्ष रमा पराजुलीको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष नर्वदा पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने सचिव सरीता शर्मा पराजुलीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित