‘अष्ट्रेलियन युनिभर्सिटि फेयर–२०१७’ को तयारी अन्तिम चरणमा

डिलकुमारी नेपाल, चितवन, २८ साउन । ग्लोवल रिचको आयोजनामा हुन लागेको ‘अष्ट्रेलियन युनिभर्सिटि फेयर–२०१७’ को तयारी अन्तिम चरणमा पुगेको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ग्लोवल रिचले यही साउन ३१ गते (अगष्ट १५) का दिनफेयर आयोजना गर्न लागेको हो ।

अष्ट्रेलियन युनिभर्सिटि फेयरमा अष्ट्रेलियाका १४ वटा युनिभर्सिटिका प्रतिनिधिहरुको सहभागिता रहने ग्लोवल रिच चितवनका प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अष्ट्रेलियन युनिभर्सिटि फेयरमा सेन्ट्रल क्वीन्सल्याण्ड युनिभर्सिटि, कर्टिन युनिभर्सिटि, डेकिन युनिभर्सिटि, भिक्टोरिया युनिभर्सिटि, इडिट क्राउन युनिभर्सिटि, लाट्रोब युनिभर्सिटि, म्याक्वारी युनिभर्सिटि, चाल्र्स स्टट युनिभर्सिटि, युनिभर्सिटि अफ न्यू इङल्याण्ड, युनिभर्सिटि अफ साउथ अष्ट्रेलिया, वेष्टन सिड्नी युनिभर्सिटि, युटिएस इन्सर्च युनिभर्सिटि र एपिआईसी कलेजको उपस्थिति रहने छ ।

भरतपुर गार्डेन रिसोर्टमा हुने फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले यी युनिभर्सिटिका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा अष्ट्रेलियन शिक्षा बारे जानकारी पाउन सक्ने छन् । फेयर विहान १० बजेदेखि अपरान्ह ३:३० बजेसम्म चल्ने छ । ग्लोवल रिचका चितवन प्रमुख पौडेलले यस अष्ट्रेलियन युनिभर्सिटि फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकहरुले जानकारी लिन पाउने बताउनुभयो । पौडेलले भन्नुभयो–“अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि प्रमुख गन्तव्य बनेको छ, त्यहाँको सबै सत्य कुरा बारे बुझ्नु जरुरी छ, विद्यार्थीसंगै अभिभावकहरु आफै आएर पनि बुझ्न सक्नुहुनेछ ।”

शहिदचोकमा रहेको ग्लोवल रिचले नेपाली विद्यार्थीहरुलाई सही परामर्श दिएर अष्ट्रेलिया पठाउने गरेको छ । ग्लोवल रिचले यो अवसर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि अमृत सरह भएको बताएको छ । ग्लोवल रिचले यस किसिमका फेयरहरु वर्षेनी गर्दै आईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित