देवघाटमा रहेका वृद्धवृद्धाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

चितवन,  २८ साउन । चितवनको देवघाटमा रहेका वृद्धवृद्धाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ । मातृभुमी चितवन नामक संस्थाले सो सेवा सुरु गरेको हो ।

शुक्रबारबाट सुरु भएको निःशुल्क एम्बुलेन्स सेवाको महेश आश्रमका प्रधानाध्यापक डा.गुरुप्रसाद सुवेदीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेपाल प्रहरीका एआईजी रणबहादुर चन्द्र, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेल, सतनचुली बन समूहका अध्यक्ष लेठप्रसाद पौडेल, भरतपुर महानगरपालिका वडा नं.१ का सदस्य यमबहादुर रानालगायतले बोल्दै मातृभुमीको निःशुल्क एम्बुलेन्स सेवाले वृद्धवृद्धाहरुलाई अस्पताल सम्म पु¥याउन सहज हुने बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित