आजको राशिफल २०७४ साउन २८ गते शनिबार, Today’s Horoscope, August 11

आजको राशिफल
बि.स.२०७४ साउन २८ गते । शनिबार । ईश्वी सन् २०१७ अगष्ट १२ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि पञ्चमी,३९ घडी ४० पला, बेलुका ०९ बजेर २५ मिनेट उप्रान्त षष्ठि । नक्षत्र उत्तरभाद्रपदा,१ घडी ०९ पला, बहान ६ बजेर ० मिनेट उप्रान्त रेवति । योग धृति २२ घडि २४ पला,दिउँसो २ बजेर ३१ मिनेट उप्रान्त शूल । करण कौलव, बिहान १० बजेर ०६ मिनेट उप्रान्त तैतिल,बेलुका ०९ बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा धुम्र योग । चन्द्ररासि मिन । पञ्चक । डाँछी कोलमतीघाट स्नान ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३३ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४३ मिनेट जादा । दिनमान ३२ घडी ५४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो हातमा आउँनै लागेको काम अरुतिर जानाले अर्थ अभाव हुँनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अवसरको खोजिको लागि दौडधुप हुँने भएपनि समयमा काम नबन्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेम गर्ने समय नरहेकोले टाडै रहनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) चाहेको तथा आटेको काम सम्पादन हुँने हुँदा मनग्गे धन आर्जन गर्न सकिनेछ । आफ्नो क्षमता प्रयोग गरि असहज परिस्थितिलाई सहज बनाउँन सकिनेछ भने व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँने हुँदा ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुँने समय रहेको छ । आफ्नै बलबुताले सवारि साधन तथा अन्य सम्पतिहरु जोड्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार गर्दै अरुभन्दा अगाडि बढ्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साथिभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । सरकारि पद धारण गर्नेहरुले निश्पक्ष काम गर्नुहोला नियम बिपरित काम गर्दा राज्य पक्षबाट अनाबस्यक झै झमेला तथा दण्ढ जरिवाना हुँने ग्रहयोग रहेकोछ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महशुस हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि गर्न मुस्किल पर्नेछ भने लगानि फस्ने योग रहेकोछ सचेत रहनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक स्थल तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । शिक्षा तथा पर्यटन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ भने समयमा कामहरु बन्नाले आर्थिक क्षेत्र सबल बन्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । नयाँ योजना बनाएर सार्वजनिक गरि लागु गराएर दैनिकि फेर्न सकिनेछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ भने पति पत्निबिच अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न । घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापापार व्यावसाय खस्केर जाने हुँनाले तत्कालका लागि कुनै योजना बनाएर लगानि गर्ने सोचमा हुनुहुन्छ भने थाति राख्नु होला घाटा लाग्ने योग रहेकोछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लगनशिल तथा बद्धिको उपयोग गरि सफलताको सुत्र पत्ता लगाउँन सकिनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्तहरु खुसि हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति जोड्ने समय रहेकोछ । सामुहिक लगानि कर्ता भेला पारि सुरु गरिने व्यापार व्यावसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउँन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडि बढाउँन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालय सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अग्रजहरुको सहयोग तथा सदभाव प्राप्त हुँने हुँनाले महत्वकांक्षि काम आरम्भ गर्न सकिनेछ । प्रेमको गाठो कसिनुको साथै बैवाहिक बन्धनमा बाधिनेसाईत जुर्न सक्छ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । समाजसेवा तथा परोपकारि काममा मन जानेछ भने आफुभन्दा तत्लो स्तरका मानिसलाई सहयोग गरि नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने पढ्ने सवालमा नै देश बिदेशको यात्रा तय गर्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा हानि तथा दुर्गम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर भने फस्टाएरु जानेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । अत्याधिक खर्च बढ्नाले घर खर्च चलाउँन ऋण लिनुपर्ने हुँन सक्छ ध्यान दिएर दैनिकि चलाउँनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बावविवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुँने भएकाले पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नुपर्नेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुँनाले पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा सहयोग गर्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ । राजनितिमा लाग्नेहरुले बिशेष पद प्राप्त गर्न सक्दछन् भने थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । खुसिको समाचार सुन्न पाईने तथा परिवारजनमा आत्मिय भाव बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा मन खिन्न हुँनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा निरासा पैदा हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण अवसरहरु गुम्ने खतरा रहेकोछ ।
तपाईको दिन शुभ रहोस ।
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित