बतास व्रदर्शलाई उत्कृष्ट डिलर सम्मान

समाचारपाटी, पोखरा, ९ साउन । सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले उत्कृष्ट डिलर सम्मान प्राप्त गरेको छ । मारुती सुजुकीको नेपालको वितरक चौधरी गुप्रको सिजी मोटोकर्पले देशभरका ३५ वटा डिलर मध्येवाट वतास व्रदर्शलाई उत्कृष्टमा छानेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा बतास अर्गनाईजेशनका प्रवन्ध निर्देशक शान्तराज बतासलाई उक्त सम्मान प्रदान गरिएको हो । आ.व. २०७३-०७४ मा सेल्स, स्पेयर तथा सर्भिसिङ्गमा उत्कृष्ट कार्य गरेवापत सम्मान गरिएको वताईएको छ । सम्मान स्वरुप सिजी मोटोकर्पले वाग्नर आर गाडी र टफी प्रदान गरेको छ । गण्डकी धौलागिरी क्षेत्रमा चारपाङ्गे मारुती सुजुकी गाडी लोकप्रिय मानिन्छन् ।

कम्पनीले आउदा दिनहरुमा नयाँ नयाँ मोडलहरु र विभिन्न स्किम योजनाहरु सार्वजनिक गर्न लागेको वतास व्रदर्शका विक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित