पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम ! हेर्नुहोस

अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।

चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ। प्रत्यक्षदर्शी डुपछिपछिरिङ शेर्पाका अनुसार साँझ साढे ८ बजे गाउँ नै थर्काउने गरी पहरो फुटेको आवाज आएको थियो। ‘पहरो खस्दा चट्याङ परेजस्तो चारैतिर उज्यालो भयो,’ उनले भने, ‘पुलको बीचको भाग र पहिरोले केही समय भोटेकोसी थुनियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित