भत्किएका सडक मर्मत गर्न माग

समाचारपाटी, पोखरा, ८ साउन । नेकपा एमाले प्रदेश–४ कमिटी सदस्य सूर्य खड्का बिखर्चीले कल्भर्ट र भत्किएका सडक मर्मत गर्न माग गरेका छन् । विज्ञप्तिमा पोखरा लेखनाथ महानगरपालिकामा वर्षाको समयमा सडकमै नाला बग्न थालेकाले त्यसको समाधानका लागि सम्बन्धित निकायलाई सचेत हुन आग्रह गरिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सदस्य बिखर्चीले पोखरामा वर्षा हुनासाथ पानीको भल र सडकमा परेका खाल्टाखुल्टीले सवारी आवागमनमा अवरोध पुग्दा सर्वसाधारणले खेप्नु परेको सास्तीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा महानगरको हर्न निषेधित अभियानको सम्मान गर्दै वर्खातको कारण पोलेमनपामा मुख्य सडक नै जलमग्न हुनुका साथै धेरै भूभागमा सडक भत्किएकाले यथाशीघ्र निर्माण एवं सम्भार गर्न माग गर्दछु भनिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित