कस्तो पोखराका स्वास्थ्य संस्थाको अवस्था (हेर्नुहोस अनुगमनमा के देखियो)

पोखराको स्याङ्जा सिटी फार्मेसीमा म्याद नाघेका औषधि पाइयो,
दर्ता नगरी ल्याब संचालन गरेको भन्दै स्याङजा सिटी ल्याबरोटरी बन्द
पोखरा, ८ साउन । पोखराका केहि हस्पिटल र फार्मेसीमा आइतबार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय, जिल्ला जनस्वास्थ्य कार्यलय, उपभोक्ता मञ्च, घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले पोखराको मेट्रो सिटी हस्पिटल, चरक मेमोरीयल हस्पीटल सहित जिवन फार्मेसी, स्याङजा सिटी फार्मेसी, मुनाल फार्मेसी, जिएमसी फार्मेसी, आशीर्वाद मेडिकलहल र एभरेष्ट फार्मेसीमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पोखरामा दर्ता नभई संचालन भएको एक प्रयोगशाला बन्द गरिएको छ । पोखराको नयाबजारमा स्याङ्जा सिटी ल्याबरोटरी दर्ता नगरि संचालन गरेको पाएपछि अनुगमन टोलीले बन्द गरि जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीमा सम्पर्क गर्न निर्देशन दिएको छ । यसैबीच स्याङ्जा सिटी मेडिकल हलमा म्याद नाघेका औषधि भेटिएको छ । तर संचालकले ति औषधि आफुले मिलाउने क्रममा बाँकी रहेको बताएका छन् ।

यस्तै मेट्रोसिटी र चरक मेमोरीयल अस्पतालमा केहि प्राविधिक त्रुटी देखिएको भन्दै सच्याउन निर्देशन दिइएको छ । विरामीको लागि राखिएका शैया मापदण्ड भन्दा कम दुरीमा रहेको, सेवाग्राहीले स्पष्ट देख्नेगरि जानकारीहरु राख्न सुझाव दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्राविधिक निरिक्षक रविन्द्र शर्मा बस्ताकोटीको भनाई छ ।

अनुगमनका क्रममा केहि फार्मेसीहरु औषधि व्यवस्था विभागको लाइसेन्स नविकरण नगरेको, फार्मेसीको लाईसेन्सले विरामी जाच्ने गरेको पाइएको बस्ताकोटीले जानकारी दिए । आफुहरुले फार्मेसी मा नै विरामी जाच्ने व्यवसायीहरुलाई स्वास्थ्य क्लिनिक दर्ता गरि विरामी जाँन सुझाव दिएको उहाँको भनाई छ ।

यस्तै केहि फार्मेसी घरेलु कार्यालयमा दर्ता नै नभई संचालन भएको घरेलु तथा साना उद्योग कार्यलय कास्कीका उद्योग अधिकृत विष्णुहरी गौतमले जानकारी दिए ।
व्यवसायीहरुलाई एक साताको समय दिएर मापदण्ड पुर्याउन र सम्बन्धीत निकायमा दर्ताको लागि सुझाव दिइएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित