देख्नेकै मुटु छियाछिया हुने गरी कुटाइ खाएकी युवती भन्छिन्, ‘पापालाई कारबाही नहोस्’

असारको बेला रोपाईंको बेला हो । बिहान म पनि रोपाईंमा गएकी थिएँ । दिउँसो मलाई घर काम गर्न अह्राएर बुवा र आमा खेतमा जानुभयो । दाइ पसलतिर थियो । मैले बाख्रालाई चराउन घरअगाडि डोर्दै थिएँ ।

दिनेश लोध गाउँ घुम्दै हाम्रोमा आएछन् । मैले नदेख्दै दाइले देखेर पापालाई खबर र्गयो ।त्यसपछि पापा खेतबाट गाली गर्दै आउनुभयो । केटा भाग्न खोज्यो । उसको उहाँहरुले समातेपछि मलाई मन पराउछु भनेछ । त्यसपछि केटालाई हिर्काउनुभयो ।

मेरो गल्ती थिएन । मैले तिनलाई बोलाएकी पनि थिइनँ । केटो आफै आएको हो । मैले देख्दा बोल्थे । चिनेकी थिएँ, त्यत्ति हो । अरु सम्बन्ध थिएन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित