कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगीतामा प्रिक्वाटर फाइनलका खेलहरु सम्पन्न

पोखरा, ७ साउन । पोखरामा जारी कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगीतामा शनिबार प्रिक्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

शनिबार छात्र तर्फ ३ खेलहरु सम्पन्न भएका हुन् र सबै खेल ट्राइब्रेकरमा पुगेका थिए । टप्स सेकेण्डरी स्कुलले गुड सेफर्डलाई ट्राइब्रेकरमा ९–८ ले, श्री बर्मारुपा मावीले शैनिक आवासीय माविलाई ट्राइब्रेकरमा ४–२ले र शान्ति निकुञ्ज मावीले नेपाल आदर्श आवासीयलाई ३–०ले पराजित गरेको हो ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा अषाढ २७ गतेदेखी जारी प्रतियोगीता ९ गते सम्म जारी रहने छ । प्रतियोगीतामा कास्कीका ६३ विद्यालय छात्रका ६३ तथा ६ छात्राको समुहले सहभागीता जनाएका छन् ।

विजेताले यसपालि पोखरामा हुने क्षेत्रिय छनौट प्रतियोगीता, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगीता खेल्ने अवसर प्राप्त गर्नेछन् ।

– अनुप पौडेल ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित