पोखरा थियटरको निर्माण कार्य तिब्र, ८० प्रतिशत काम सकियो

पोखरामा निर्माणाधिन पोखरा थियटरको काम अहिले धमाधम भईरहेको छ । अहिले सम्म ८० प्रतिशत काम सकिएको जनाइएको छ ।

थियटरको निर्माण कार्य यहि साउनमा सक्ने लक्ष्य रहेको पञ्चामृत नाट्य समुहका अध्यक्ष एवं पोखरा थियटर निर्माण समितिका संयोजक परिवर्तनले बताएका छन् ।थियटरमा हाल परिवर्तन सहित दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाले लगानी गरेका छन् । निर्माण सम्पन्न गर्न करिब ५० लाख लगानी लाग्ने अनुमान गरिएको छ ।

सो स्थानमा २०० जना दर्शक क्षमताका कुनैपनि कार्यक्रम सञ्चालन गर्न सकिने छ ।

फोटो : मन क्षेत्रीको फेसबुकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित