नेपाल आइडल हाँसीहाँसी विदा भइन् केन्जल मेहर श्रेष्ठ ! को बन्ला त नेपाल आइडल ?

नेपाल आइडलबाट काठमाडौँकी २२ वर्षीया केन्जल मेहर श्रेष्ठको यात्रा समाप्त भएको छ।

शुक्रबार प्रसारण भएको टप १० को एलिमिनेसन राउन्डमा केन्जलसँगै प्रमिला राई र उल्सन श्रेष्ठ पनि बटम थ्रीको डेन्जर जोनमा परेका थिए। तर दर्शकबाट सबैभन्दा कम भोट पाएको आधारमा केन्जल आउट भइन्।

आउट भएको घोषणा हुँदा पनि केन्जलले त्यसलाई सहजै स्वीकारिन् र हाँसीहाँसी विदा भइन्। उनले जे कुरालाई पनि सहजै लिने विषयलाई जजहरुले पनि प्रशंसा गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित