अरुण थापाको १८ औं स्मृतिमा सांगीतिक कार्यक्रम सम्पन्न

पोखरा, ७ असार । तराना म्यूजिक सेन्टर पोखराको आयोजनामा शुक्रबार स्वर्गीय गायक अरुण थापाको १८ औं स्मृतिको अवसर पारेर सांगीतिक कार्यक्रम सम्पन्न भयो ।

चर्चित गायक तथा सगीतकार अरुण थापाको गीत संगीत मार्फत तराना म्यूजिक सेन्टरले गरेको कार्यक्रममा कलाकारहरु कमला थापा, बिनिसा गुरुङ्ग, कमला अर्याल, सुनिल गायक, सुप्रिया अर्याल, सनम थापा, सुबास तामाङ्ग, संगिता श्रेष्ठ, स्मृति राई, संगिता राई, प्रमिला बराल, सरिता राई, सम बस्यल, उमेश राई, सुर्य गुरुङ्ग रञ्जित मगर, नवराज बस्नेत, सञ्जिब माझि, सुरत रानाभाट, राउल पौडेल, टेक बहादुर थापा, अबिनाश पुन, अस्मिता थापा, जुनु राई, हेमा पुन लगायतले स्वर्गीय अरुण थापाको चर्चित गीतहरु गाएर मनोरञ्जन गराएका थिए ।

गायक रामभक्त जोजिजूले अरुण थापाका चर्चित तिन वटा गीत गाएर थप मनोरञ्जन गराएका थिए । प्रमुख अतिथि गुरुङ्ग चलचित्रका महानायक तथा सस्कृतिकर्मी ताराबहादुर गुरुङ्गले तराना म्यूजिक सेन्टरले पोखरामा रहेर नेपाली गीत संगीतको विकाशको निमित्त धेरै राम्रा राम्रा सांगीतिक कार्यक्रमहरु गर्दै आईरहेकोमा धन्यवाद दिनुको साथ सधै यस्ता ब्यक्तिलाई सहयोग गरिरहने बताउनुभयो ।

संगीतकार नवराज बरालले अरुण थापाको बारेमा चर्चा गर्नुभएको थियो । संगीतकार तथा प्रशिक्षक श्रीमान थुलुङ्गको सभापतिमा लोक गायक सम बस्यलले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित