हवल्दार बाट असईमा बढुवा भएका साहसिक प्रहरी दुर्गावहादुर रानाले पाए नयाँ जिम्मा

काठमाडौं, ६ साउन । विहीवार लाइटनेपालले कुराकानी गर्न समय माग्दा प्रहरी हवल्दार दुर्गावहादुर राना उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको सुरक्षाका लागि खटिएका थिए । हामीले कुराकानी गर्न खोजेपछि सिंहदरवार भित्र रहेको परराष्ट्रमन्त्रालयको प्रगंगणमा आइपुगे । उनको फोनको घण्टी लगातार बजिरह्यो । हामीसंग कुराकानी नटुंगीदै फेरी माथिल्लो तलामा दौडिए । दुई तिन पटकको यस्तो क्रम संगै हाम्रो उनीसंगको कुराकानी टुंगीयो ।

त्यसबेला उनले आफु परराष्ट्रमन्त्री महराको सुरक्षाका लागि त्यहां खटिएकाले धेरै समय दिन नभ्याउने बताएका थिए ।

लाइटनेपाल संगको कुराकानी हुने क्रम सम्ममा हवल्दार राना आफ्नो बढुवा हुने समाचारको पखाईमा थिए । कुराकानी गरेर उनी सम्बन्धि समाचार सामग्री तयार पारीनसक्दै राना बढुवा भएर प्रहरी सहायक निरीक्षक(असई) भइसकेका थिए ।

दागंमा सम्पन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनका क्रममा कसैले निर्वाचन क्षेत्रमा लक्षित गरेर फालेको बम हातैले फालेपछि चर्चामा आएका प्रहरी हवल्दार रानाले एकै पटक सरकारका तर्फवाट दुई पुरस्कार पाए । पहिलो उनलाई प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गर्ने निर्णय गरेको छ भने दोस्रो उनी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको सुरक्षा गार्ड नियुक्त भएका छन् ।बम टिपेर मतदान केन्द्रबाट बाहिर फ्याँक्दै ठूलो दुर्घटनाबाट जोगाएको भन्दै गृहमन्त्री जनार्दन शर्माको पहलमा रानालाई असईमा बढुवा गरिएको हो भने उपप्रधानमन्त्री महराको बिशेष आग्रहमा गृह मन्त्रालयले रानालाई महराको सुरक्षा गार्डमा नियुक्त गरेको हो । रानालाई उपप्रम महराको सुरक्षा गार्ड नियुक्त गरिएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित