गच्छदारको बैठकका लागि ८ लाखको सोफा ! एक फिट बराबर १ लाख २० हजार

काठमाडौँ – उपप्रधानमन्त्री विजयकुमार गच्छदारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ८ लाखको सोफा सेट खरिद गरेको छ । मन्त्रालयले मन्त्रीको बैठक कक्षका लागि विलासी सोफा सेट खरिद गरेको हो ।

मन्त्रालयका कर्मचारीका अनुसार उक्त सोफा सेट एउटा ३ फिट र दुईवटा २ फिट लामो रहेको छ । उक्त सोफाको मूल्य एक फिट बराबर १ लाख २० हजार रुपैयाँ रहेको छ ।त्यस्तै, टि टेबल समेत गरेर ८ लाख हाराहरीमा मन्त्रीको बैठक कक्षका लागि सोफा सेट खरिद गरिएको हो ।

मन्त्रालयको ११७ नम्बर कोठामा मन्त्रीको लागि बैठक कक्ष तयार गरिँदैछ ।

शुत्रबार कर्मचारीहरु नयाँ बैठक कक्ष सिंगार्न व्यस्त थिए । ती कर्मचारीहरु कति महंगो सोफा भन्दै सुम्सुमाउँदै थिए । उनीहरु भन्दै थिए, ‘राजा महाराजा बस्ने जस्तो सोफा रहेछ ।’

#ratopati.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित