नाकाबन्दी झन् कडा भयो : कतार

दोहा । कतारले इजिप्ट, साउदी अरब, बहराइन र यूएईले नाकाबन्दीलाई झन् कडा पारेको आरोप लगाएको छ । सरकारी अधिकारीहरूले कतारसामु नयाँ ६ वटा माग राखेर असंगठित रूपमा कतारलाई अप्ठ्यारोमा पारेको बताएका हुन् ।

बहराइन, यूएई र इजिप्टले मंगलबार आतंकवादलाई खाडीबाट परास्त गर्न कतारले ६ वटा माग सम्बोधन गर्नुपर्ने बताएका थिए । नयाँ मागसँगै उनीहरूले पुराना १३ मागहरू स्थगित गरेको जनाएका थिए ।

कतार सरकारको सञ्चार कार्यालयका निर्देशक शेख सैफ विन अहमद अल थानीले चार देशहरूले नियमित रूपमा विरोधाभाषपूर्ण भनाइहरू सार्वजनिक गरेको आरोप लगाए । उनका अनुसार अमेरिका वा कुवेतले आधिकारिक रूपमा कुनै सम्पर्क नगरेको जनाए ।

उनले नयाँ मागहरू अमेरिका वा कुवेतको दबाबमा आएको दाबी गरे । यी देशहरूले आतंकवादलाई समर्थन गर्न, सशस्त्र विद्रोहीहरूलाई संरक्षण दिन, हिंसालाई प्रोत्साहन गर्न र घृणा फैलाउने वक्तव्यबाजी गर्न तत्काल बन्द गर्नुपर्ने नयाँ माग राखेका छन् ।

कतारको समाचार च्यानल अल जजिरा बन्द गर्नुपर्ने माग भने हटाइएको छ । आतंकवादलाई समर्थन गरेको भन्दै चार देशले कतारमाथि जुन ५ देखि नाकाबन्दी गरेका हुन् । कतारले भने यसलाई अस्वीकार गर्दै आएको छ । कान्तिपुरमा समाचार छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित